तेस्रो लिंगीका हत्यारालाई जीवित रहेसम्म कैद
rajdhanidaily.com · Fri Feb 04 00:46:06 GMT 2022
चुरे, मकवानपुर । जिल्ला अदालत मकवानपुरले एउटा हत्या मुद्दामा पक्राउ परेकालाई हत्यामा संलग्न जीवित रहेसम्म कैदको फैसला गरेको छ । जिल्ला अदालत मकवानपुरले ४ माघ २०७६ मा तेस्रो लिंगीको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका तीन जनालाई सो फैसला सुनाएको हो ।
मकवानपुर प्रहरीले त्यस दिन बिहान हेटौंडा–५ क्याम्पाडाँडामा हत्या गरी फालिएको अवस्थामा भेटिएकी तेस्रो लिंगी (नाम परिवर्तन ‘कमलडाँडा एफ’) को हत्यामा संलग्न भएको आरोपमा ६ जनालाई पक्राउ गरेको थियो । हत्यामा संलग्न अन्यमध्ये एक जना नाबालकलाई १६ वर्ष कैद, अर्का एक जनालाई चार वर्ष कैद र एक जना महिलालाई एक वर्ष कैदसहित क्षतिपूर्ति र जरिमानाको फैसला सुनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)