निषेधाज्ञाको पूर्ण पालना भयो : जिप्रका
lokpath.com · Thu Apr 29 17:26:34 GMT 2021
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सरकारले आजबाट जारी गरेको निषेधाज्ञालाई जनताले पनि सहिरुपमा पालना गरेको बताएको छ। निषेधाज्ञाको पहिलो दिन कार्यालय समयमा केही भीड देखिए पनि समग्रमा सर्वसाधारणले उक्त कुराको पूर्ण कार्यान्वयन गरेको प्रशासननले बताएको हो। कार्यालयको समयमा केहि भिड भए पनि त्यसलाई स्वाभाविक मानिएको जिल्ला प्रशासन कार्यालयका अधिकारी कालीप्रसाद पराजुलीले बताए।
त्यस्तै सरकारले निषेधाज्ञा जारी गर्नुपूर्व घर फर्किन चाहनेलाई दुई दिनको समय दिएकाले पनि यो पटक अघिल्लो चरणको जस्तो समस्या नभएको उनले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)