साउदी राजधानी रियाद लक्षित चार ब्यालेस्टिक क्षेप्यास्त्र विफल: सेनाद्वारा आकाशमै नष्ट
ratopati.com · Wed Mar 18 18:36:54 GMT 2026

काठमाडौँ । साउदी अरबको रक्षा मन्त्रालयले राजधानी रियादलाई लक्षित गरी प्रहार गरिएका चार वटा ब्यालेस्टिक क्षेप्यास्त्रहरूलाई सफलतापूर्वक आकाशमै रोकेर नष्ट गरेको छ ।
साउदी नागरिक सुरक्षा महानिर्देशनालयले सामाजिक सञ्जालमार्फत दिएको जानकारी अनुसार, प्रारम्भिक मूल्याङ्कनमा अहिलेसम्म कुनै मानवीय क्षति वा भौतिक संरचनामा नोक्सानी भएको देखिएको छैन । क्षेप्यास्त्रहरूलाई आकाशमै ध्वस्त पारिएकाले तिनका टुक्राहरू (अवशेष) राजधानीका विभिन्न स्थानहरूमा छरिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)