मुस्ताङको घरपझोङ गाउँपालिकामा एमालेको अग्रता
ekantipur.com · Fri May 13 18:10:23 GMT 2022
म्याग्दी — मुस्ताङको घरपझोङ गाउँपालिका १ वडाको मतगणना सकिएको छ । घोषित मत परिणामअनुसार १ नम्बर वडामा खसेको १ सय ५४ मतमध्ये अध्यक्षमा एमालेका सञ्जय थकालीले १ सय ६ मतसहितअग्रता लिएका छन् । त्यसैगरी उपाध्यक्षमा पनि एमालेकी मीमकुमारी शेरचनले ७२ मतसहित अग्रता लिएकी छन् ।
अध्यक्षमा कांग्रेसका मोहनसिंह लालचनले ४५ मतले पछ्याएका छन् । त्यस्तै उपाध्यक्षमा कांग्रेसकी जमुना थापा मगरले ४५ र राप्रपाकी कमला लालचनले १८ मतसहित पछ्याएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)