स्वास्थ्य बीमामा देखिएको अनियमितता र दुरुपयोग रोक्दैछौँः स्वास्थ्यसचिव देवकोटा
gorkhapatraonline.com · Tue May 19 09:12:01 GMT 2026

स्वास्थ्यसचिव विकास देवकोटाले स्वास्थ्य बीमामा देखिएको अनियमितता र दुरुपयोग रोक्ने गरी गृहकार्य अघि बढाइएको बताउनुभएको छ ।
मङ्गलवार विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा उहाँले बीमाको दुरुपयोग बढ्दै जाँदा राज्यलाई ठुलो भार परेको भन्दै यसमा निर्मम रूपमा कडाइ गरिने बताउनुभयो । उहाँका अनुसार अहिले आवश्यक नभएकाहरूले ‘होल बडी चेकअप’ (पूर्ण शरीर परीक्षण) जस्ता परीक्षणका लागि समेत बीमा रकम प्रयोग गरिरहेका छन् । बीमालाई केवल अप्ठ्यारो अवस्थामा उपचारका लागि प्रयोग गर्नुपर्नेमा अनावश्यक रूपमा परीक्षण गरिँदा ठुलो भार परेको उहाँले बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)