तीन हजार ६९० भन्दा बढी अफगान शरणार्थीहरू स्वदेश फिर्ता
makalukhabar.com · Fri Jun 12 04:39:42 GMT 2026

एजेन्सी । अफगानिस्तानको सरकारी सञ्चारमाध्यम बाख्तर समाचार एजेन्सीले बिहीवार दिएको जानकारी अनुसार बुधवार कुल ७२४ परिवारका ३,६९३ जना नागरिकहरू आफ्नो निर्वासन जीवन समाप्त गरी स्वदेश फर्किएका छन् ।
समाचार एजेन्सीकाअनुसार तीमध्ये ६६२ परिवारलाई उनीहरूको गृह प्रान्तमा स्थानान्तरण गरिसकिएको छ भने बाँकी ६२ परिवारलाई आवश्यक सहायता सामग्री उपलब्ध गराएपछि मात्र उनीहरूको गृह जिल्ला वा प्रान्तमा पठाइनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)