दक्षिण कोरियाका अपदस्थ राष्ट्रपति युन र पूर्वरक्षामन्त्री ह्युनलाई थप ३० वर्ष जेल सजाय
kendrabindu.com · Fri Jun 12 04:47:24 GMT 2026

सियोल । उत्तर कोरियासँग तनाव चर्काउने उद्देश्यले सन् २०२४ मा प्योङयाङमाथि ड्रोन उडानको आदेश दिएको आरोपमा दक्षिण कोरियाका अपदस्थ राष्ट्रपति युन सुक योल र उनका पूर्वरक्षामन्त्री किम योङ ह्युनलाई शुक्रबार ३० वर्षको जेल सजाय सुनाइएको छ । यसअघि मार्सल ल लागू गरेको अभियोगमा आजीवन कारावासको सजाय पाइसकेका युनमाथि यो अर्को गम्भीर फैसला आएको हो ।
सियोल केन्द्रीय जिल्ला अदालतले सुनाएको फैसलाको पूर्ण विवरण तत्काल सार्वजनिक गरिएको छैन । तर अदालतले यसअघि डिसेम्बर २०२४ मा अल्पकालीन मार्सल ल लागू गरेको घटनालाई विद्रोह ठहर गर्दै युनलाई आजीवन कारावासको सजाय सुनाइसकेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)