छठ पर्वका लागि जलाशय किनार झकिझकाउ
Ujyaaloonline.com · Sat Oct 29 01:21:07 GMT 2022
काठमाण्डाै - श्रद्धा र निष्ठापूर्वक मनाइने छठ पर्वका लागि नदी, पोखरी तथा जलाशयका किनार झकिझकाउ बनाइएको छ । तराई, मधेसका विभिन्न ठाउँ र काठमाण्डौमा समेत छठ पर्व मनाइँदैछ । पोखरी नै पोखरीको सहरका रूपमा चिनिएको जनकपुरधामका पोखरीमा छठ पूजाका लागि झकिझकाउ पारिएको छ ।
जनकपुरधामको गङ्गासागर, धनुषसागर, अङ्गराज सर, दशरथ तलाउ, जानकी सरोवर, गोरधोइ, अग्निकुण्डलाई सजाइएको छ । काठमाण्डौको गुह्येश्वरी, कमलपोखरी लगायतका ठाउँमा पनि नदी तथा पोखरी किनारका दायाँबायाँ आकर्षकरुपमा सिँगारेर छठ घाट बनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)