तिला गाउँपालिकाद्वारा ठेक्काबाट १२ योजना निर्माण गर्दै
ratopati.com · Wed Mar 18 20:15:41 GMT 2026

जुम्ला । जिल्लाको तिलागाउँपालिकाले चालु आर्थिक वर्षमा ठुला विकासे योजना कार्यान्वयनलाई तीव्रता दिएको छ । यसै क्रममा भौतिक पूर्वाधार निर्माण र सडक विस्तारका १२ वटा आयोजनाका लागि ठेक्का आह्वान गरिएको गाउँपालिका अध्यक्ष मोतिलाल रोकायोले जानकारी दिए ।
उनले चालु आव २०८२र८३ का लागि स्वीकृत ठुला योजनाको बोलपत्र भई सम्झौतासमेत गरेर काम धमाधम भइरहेको बताए । ठेक्का आह्वान भएका आयोजनाका लागि सम्बन्धित निर्माण कम्पनीसँग सम्झौता भई कतिपय योजनाको काम अन्तिम चरणमा पुगिसकेका छन् भने कतिपय योजनाको काम सम्पन्न भई मूल्याङ्कन गर्न मात्र बाँकी रहेको गाउँपालिका अध्यक्ष रोकायाले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)