मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

२७ प्रतिशत पुग्यो सघन सहरी जनसंख्या

ekantipur.com · Wed Jan 03 00:56:37 GMT 2024

काठमाडौँ — पछिल्लो एक दशकमा नेपालको सघन सहरी (कोर अर्बनाइजेसन) जनसंख्या ५.७६ प्रतिशत बिन्दुले बढेको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सोमबार सार्वजनिक गरेको ‘नेपालमा ग्रामीण तथा सहरी क्षेत्रको श्रेणीगत वर्गीकरण प्रतिवेदन’ ले सघन सहरी क्षेत्रको जनसंख्या २७.०७ प्रतिशत पुगेको देखाएको हो । ०६८ मा यस्तो जनसंख्या २२.३१ प्रतिशत थियो ।

प्रतिवेदनले पछिल्लो एक दशकमा सहरोन्मुख जनसंख्या ३९.१९ बाट बढेर ३९.७५ प्रतिशत पुगेको देखाएको छ । सोही अवधिमा ग्रामीण क्षेत्रको जनसंख्या ३८.५ बाट घटेर ३३.१९ प्रतिशतमा झरेको देखिन्छ । विशेषताका आधारमा सहरोन्मुख क्षेत्र भए पनि ‘सहरी’ क्षेत्र मानिएको स्थानमा अझै पनि जनसंख्याको ठूलो हिस्सा रहेको प्रतिवेदनले औंल्याएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)