मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एमाले विवाद : जेठ २ मा फर्कन अध्यक्ष ओली सहमत

Ujyaaloonline.com · Sat May 15 00:39:27 GMT 2021

काठमाण्डाै – नेकपा (एमाले)का शीर्ष नेताहरुले दलभित्र देखिएको विवाद समाधान कार्यदल गठन गर्ने सहमति गरेका छन् । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का नेता माधवकुमार नेपाल पक्षबीच भएका छलफलमा दलमा देखिएको विवाद समाधान गर्नका लागि कार्यदल गठन गर्ने सहमति भएको हो ।

बैठकपछि एमालेका नेता भीमबहादुर रावलले एकता कायम राखी दललाई अगाडि बढाउन गम्भीर छलफल भएको बताउनुभयो । उहाँले भन्नुभयो ‘२०७५ जेठ ३ गतेभन्दा अगाडिको एमालेको स्थितिलाई आधार मानेर अगाडि बढ्ने कुरा भयो ।’

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)