फाइभजीको विज्ञान र सम्भावना : ताररहित युगको सुरुवात
ictsamachar.com

काठमाडौं । कहिले तारले बाँधिएको टेलिफोन आजको हातमा अट्ने स्मार्टफोनसम्म आइपुग्दा सञ्चार केवल छिटो भएको छैन, अझ धेरै कुरा एउटै सञ्जालमा जोड्ने क्षमतामा रूपान्तरण भएको छ । मोबाइल सञ्जालको यात्रामा हरेक पुस्ताले संवादको रूप बदलेको छ ।
पहिलो पुस्ताले स्वरलाई तारको बन्धनबाट मुक्त गर्यो, दोस्रो पुस्ताले डिजिटल आवाज र छोटो सन्देशलाई सामान्य बनायो, तेस्रो पुस्ताले मोबाइल इन्टरनेटको ढोका खोल्यो, र चौथो पुस्ताले भिडियो, सामाजिक सञ्जाल र अनलाइन संसारलाई हाम्रो हातमै ल्याइदियो । त्यही यात्राको पछिल्लो र सबैभन्दा शक्तिशाली अध्याय हो, पाँचौँ पुस्ताको मोबाइल सञ्जाल, अर्थात् ५ जी ।
स्रोतमा पूरा पढ्नुहोस् (ictsamachar.com)
काठमाडौँ