मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राष्ट्रपतिको सवारीको बेला डाक्टर कुट्ने गर्ने सुरक्षाकर्मीलाई कारबाही गर्न माग

Ujyaaloonline.com · Sat Feb 11 00:57:53 GMT 2023

काठमाण्डाै - नेपाल चिकित्सक सङ्घले डाक्टरलाई कुटपिट गर्ने सुरक्षाकर्मीलाई कारबाही गर्न माग गरेको छ । हिजो राष्ट्रपतिको सवारीको बेला सडकमा हिँडडुल गरेको भन्दै प्रहरीले ट्रमा सेन्टरमा कार्यरत डाक्टर जनिथलाल सिंहमाथि लाठीचार्ज गरेको थियो ।

अस्पतालमा काम सकेर घर जान लागेका डाक्टरलाई परिचयपत्र देखाउँदासमेत सुरक्षाकर्मीले कुटपिट गरेको भन्दै सङ्घले दोषीमाथि कारबाही गर्न माग गरेको हो । आजसम्म कारबाही नभएमा आन्दोलनका कार्यक्रम घोषणा गर्ने सङ्घले चेतावनी दिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)