एभरेष्ट बैंकले सुरु गर्यो नेपाल भारत क्रस बोर्डर रियल टाइम ‘पीटुपी’ रेमिट्यान्स सेवा
nepalsamaya.com · Fri Jun 12 04:57:32 GMT 2026

काठमाडौं- नेपाल र भारतबीच अन्तरदेशीय फन्ड ट्रान्सफर सम्झौता भएसँगै एभरेष्ट बैंक लिमिटेडले आफ्नो मोबाइल बैंकिङ एप 'इबीएल टच २४' मार्फत नेपाल र भारतबीच 'रियल-टाइम क्रस-बोर्डर (पीटुपी) रेमिट्यान्स सेवा' औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ। यो डिजिटल सेवाको सुरुवातसँगै अब दुवै देशका नागरिकहरूले अत्यन्तै छिटो, सरल र सुरक्षित रूपमा तत्कालै रकम आदानप्रदान गर्न सक्ने जनाइएको छ।
नयाँ व्यवस्थाअनुसार रकम स्थानान्तरणका लागि निश्चित सीमाहरू निर्धारण गरिएको छ। जसअन्तर्गत नेपालमा कार्यरत भारतीय नागरिकहरूले दैनिक अधिकतम भारतीय रुपैयाँ (भारु) १५ हजार र मासिक अधिकतम भारु एक लाखसम्म सहजै भारत पठाउन सक्नेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)