मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

बराबरीमा धनगढीले देखेको षड्यन्त्र

ekantipur.com · Tue Dec 19 01:16:53 GMT 2023

काठमाडौँ — यसलाई दुवैले अवसर गुमाएको भन्दा फरक नपर्ला । धनगढी एफसीले यो खेल जितेको भए, उसको प्ले–अफ खेल्ने निश्चित हुन्थ्यो । काठमाडौं रेजर्सले जितेको भए, अंक तालिका अझ अगाडि बढ्ने थियो । बराबरीले दुवै टिम जहाँको त्यहीँ रहे ।

तर दुवैलाई खासै धेरै फरक पनि पर्ने छैन, यदि यो खेलमा जसरी खेलियो, त्यसरी नै खेल्ने हो भने । दशरथ रंगशालामा भएको यो खेल गत संस्करणको फाइनलको पुनरावृत्ति थियो र यो अपेक्षाअनुसार नै राम्रै रह्यो । बराबरीपछि धनगढी १२ अंकमा पहिलो स्थानमा रह्यो । काठमाडौं भने छ अंकमै नौ अंक कमाएर चौथोमा रह्यो । उनीहरूको बीचमा पोखरा थन्डर्स ११ र ललितपुर सिटी एफसी १० अंकमा छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)