रसुवा कांग्रेस सभापतिमा पेम्बाछिरिङ तामाङ दोहोरिए
baahrakhari.com · Tue Nov 30 16:41:00 GMT 2021
रसुवा । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत रसुवामा भएको अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गरिएको छ । सोमबारदेखि सुरु भएको प्रदेश, प्रतिनिधिसभा र जिल्लाको अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गरिएको हो ।
नेपाली कांग्रेस रसुवाको सभापतिमा पेम्बाछिरिङ तामाङ पुन: दोहोरिएका छन् । उनी सर्वसम्मत जिल्ला सभापतिमा चयन भएका हुन् । त्यसैगरी उपसभापतिमा ओम प्रसाद आचार्य, फुर्वावाङ्दी तामाङ, सचिवमा उत्तम थापा, लक्ष्मण देवकोटा र सहसचिवमा पासाङ तितुङ र लक्षिन छिरिङ तितुङ सर्वसम्मत चयन भए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)