वडाअध्यक्ष शाहीले ज्येष्ठ नागरिकको उपचारमा खर्चिए मासिक तलब
lokpath.com · Fri Aug 12 16:23:39 GMT 2022
काठमाडौं । कैलालीमा एक वडा अध्यक्षले आफ्नो मासिक तलब रकम ज्येष्ठ नागरिकको उपचारमा खर्च गरेका छन् । जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नं.४ का वडा अध्यक्ष जगतबहादुर शाहीले मासिक तलबबाट आएको रकमले स्वास्थ्य शिविर सञ्चालन गरी नागरिकलाई सेवा दिएका हुन् ।
दुईदिने आँखा शिविर सञ्चालन गरी वडामा बसोबास गर्दै आएका ४ सय ५० जना वृद्ववृद्दाको आँखाको चेकजाँच गरिएको वडा अध्यक्ष शाहीले बताए । उनले आफ्नो एक महिनाको मासिक तलब रकम २२ हजार रुपैयाँबाट स्वास्थ्य र सरसफाइका क्षेत्रमा खर्च गरेका हुन् । ‘मैले निर्वाचनका बेला आफूले पाउनुपर्ने तलबभत्ता जनताकै सेवामा खर्च गर्ने प्रतिबद्वता जनाएको थिएँ, उनले भने, त्यसैले विजय भईसकेपछि मैले पाएको सेवासुविधाबाट जनतालाई सानो सेवा दिएको हुँ ।’
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)