मुख्य सामग्रीमा जानुहोस्

समाचार

Religion

‘आश्रममा गएपछि मन भुलाउने ठाउँ भएको छ’

ratopati.com · Mon Mar 13 06:49:00 GMT 2023

तनहुँको व्यास नगरपालिका–५ चापाघाट निवासी ६० वर्षीया चिनीमाया वाग्ले बिहान खाना खाने बित्तिकै दिवाकालीन ज्येष्ठ नागरिक आश्रम पुग्छिन् । बिहान १० बजे नै आश्रममा पुगिसक्ने उनी त्यहाँ पुगेर गीत गाउने, सुखदुःखका कुरा गर्ने, नाच्ने काममा लाग्छिन् । घरमा एक्लै बस्नुभन्दा आश्रममा पुगेर दिन कटाउने उहाँको दैनिकी बनिसकेको छ । “घरमा एक्लै बस्दा दिन काट्न गाह्रो, बरु आश्रममा गएपछि मन भुलाउने ठाउँ पनि भएको छ, दिन कटेको पत्तै हुँदैन”, उनले भनिन् ।

छोराबुहारी कार्यालयको काममा गएपछि घरमा एक्लै बस्दा न्यास्रो लाग्ने भएकाले वाग्लेजस्तै अन्य ज्येष्ठ नागरिक दिवाकालीन आश्रममा पुग्ने गर्छिन् । स्थानीय ६५ वर्षीया नारायणी वाग्ले पनि दिवाकालीन आश्रममा नियमित जान्छिन् । “दिवाकालीन आश्रम दिन बिताउने ठाउँमात्र होइन, सुखदुःखका गफ गर्ने चौतारी बनेको छ”, उनले भनिन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)