म्यानपावरबाट ठगिने कामलाई रोक्नुपर्छ : मन्त्री मगर
ratopati.com
लुम्बिनी प्रदेश सरकारका श्रम तथा यातायात व्यवस्था मन्त्री पुमर्ती ढेंगामगरले सरकारले म्यान पावर व्यावसायीबाट ठगिने काम रोक्न उपयुक्त कदम चाल्ने बताएकी छन् । बुटवलमा सुरक्षित आप्रवासनको लागि राष्ट्रिय सञ्जालले गरेको पुन एकीकरण कार्यक्रममा बोल्दै मन्त्री मगरले सो कुरा बताएकी हुन् ।
विदेश जानेहरू खासगरी मेनपावर व्यावसायीबाट धेरै पीडित भएको भन्दै श्रमिकहरु ठगिने काम रोक्नका लागि सरकारले पहल गरिरहेको उनले बताइन् । विदेशमा धेरै श्रम गरे पनि कम तलब पाएको गुनासो सुनिएको भन्दै मन्त्री मगरले सरकारले योग्यता अनुसारको तालिम दिएर स्वदेशमा रोजगारी दिने वातावरण बनाउने बताइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)