मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राष्ट्रिय सभालाई विज्ञको थलो बनाऊ

ekantipur.com · Thu Jan 18 01:08:38 GMT 2024

यति बेला राष्ट्रिय सभा चुनावको रौनक छ । राष्ट्रिय सभा माथिल्लो तहको गरिमामय सभा हो, जुन चुस्त हुनुपर्छ ।

राष्ट्रिय सभा विभिन्न क्षेत्रमा दख्खल राख्ने र अनुभवी व्यक्तिहरूको विचार मन्थन गर्ने थलो बन्नुपर्छ । तर विडम्बना राष्ट्रिय सभा सदस्य चयन गर्ने बेला नेताहरूका आसेपासे र चाकडीवाला व्यक्ति अघि सारिन्छ । यसपटक सत्तारूढ दलहरूले राष्ट्रिय सभा निर्वाचनका लागि भागबन्डा गरेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले समेत मनोनयन गर्ने सदस्यमा पनि अमुक दलका लागि तोकिइसकेको छ । नेताहरूले राष्ट्रिय सभाको मर्मअनुसार विज्ञहरूको थलो बनाउने प्रयास कहिल्यै नगर्ने हुन् ?

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)