मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गण्डकी प्रदेशका मन्त्रीहरुको सम्पत्ति : हिरा र सुनदेखि शेयर र सुन्तला बगैँचासम्म

Ujyaaloonline.com · Thu Aug 26 00:45:06 GMT 2021

काठमाण्डाै - गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीहरुले सम्पत्ति विवरण बुझाएका छन् । ११ जना मन्त्रीमध्ये ९ जनाले सम्पत्ति विवरण बुझाएका हुन् । युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ (दीपक मनाङे) र कृषिमन्त्री चन्द्र बुढाले भने सम्पत्ति विवरण पेस गरेका छैनन् ।

सम्पत्ति विवरण अनुसार कानुन, सञ्चार तथा प्रदेश सभा मामिलामन्त्री बिन्दुकुमार थापा सबैभन्दा बढी धनी देखिनुभएको छ । उहाँको पोखराका विभिन्न ठाउँमा ६ वटा घर तथा विभिन्न ठाउँमा होटलहरु छन् । यस्तै उहाँले आफूसँग १५ तोला हिरा, ९० तोला सुन, ५० तोला चाँदी, विभिन्न १० वटा बैंक तथा वित्तीय संस्थामा झण्डै १० करोड नगद मौज्दात, साढे सात लाख कित्ता शेयर रहेको उल्लेख गर्नुभएको छ । सबै सम्पत्ति सगोलमा र विभिन्न बैंकमा ३० करोड हाराहारी ऋण रहेको पनि उहाँले उल्लेख गर्नुभएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)