मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

श्रीमतीको घाँटी थिचेर हत्या गरेको अभियोगमा घर्ती पक्राउ

rajdhanidaily.com · Thu Dec 28 23:25:29 GMT 2023

पोखरा । श्रीमतीको हत्या अभियोगमा कास्की प्रहरीले बिहीबार एक युवकलाई बिहीबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा म्याग्दीको धौलागिरी गाउँपालिका ७, ताकम घर भइ हाल पोखरा २९, नौबिसे बस्ने ३६ वर्षीय रत्नबहादुर घर्ती हुन् ।

उनले आफ्नी २८ वर्षीया श्रीमती रेखा घर्तीलाई घाँटी थिचेर हत्या गरेको अभियोग छ । उक्त हत्याकाण्डमा अनुसन्धान प्रक्रिया अगाडि बढाइएको कास्की प्रहरीले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)