सुरक्षाकर्मी र कैदीबन्दीबीच भएको कुटपिट पछि मृत्यु भएको घटनामा ५८ जना कैदीबन्दीसँग लिइयो बयान
barnanmedia.com · Mon Jul 29 23:47:21 UTC 2024

सुरक्षाकर्मी र कैदीबन्दीबीच भएको कुटपिटमा परी दुईजना कैदीको मृत्यु प्रकरणमा थप कैदीबन्दीसँग बयान लिइएको छ ।
जिल्ला कारागार खाँदबारीमा दुई कैदीको कुटपिटपछि मृत्यु भएको घटनामा थप ५८ जना कैदीबन्दीसँग बकपत्र (बयान) लिएकोे जिल्ला अदालतका सूचना अधिकारी ईश्वरी भण्डारीले जानकारी दिए ।गत २०८० साउन २४ गते जिल्ला कारागार खाँदबारीमा कैद भुक्तान गरिरहेका सङ्खुवासभा मादी नगरपालिका–५ का २० वर्षीय प्रकाश तोलाङ्गी र नुवाकोट जिल्ला, ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीको कुटपिटमा मृत्यु भएको थियो ।कारागारबाट भाग्न खोजेको आरोपमा दुई जना कैदीलाई नियन्त्रणमा लिएर सुरूमा प्रहरीले कुटपिट गरेको र कारागारभित्र बुझाएपछि कैदीबन्दीले कुटपिट गरेर यातना दिएको सिसी क्यामेरा फुटेजमा देखिएको थि
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)