मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरू
ratopati.com · Wed Mar 18 23:37:27 GMT 2026

काठमाडौँ । गृह मन्त्रालय प्रवेश गर्दै गर्दा सिँढी नजिकैको भित्तामा ‘फ्लेक्स ब्यानर’मा केही तस्बिरहरू झुन्डिएका छन् । ढोकाबाट भित्र पस्ने जो–कोहीको नजर सिधै तिनै भित्तामा ठाेकिन्छन् । ती तस्बिरमा ४५ अनुहारहरू छन् । निर्जीव तस्बिर भए पनि तिनका आँखामा हेर्दा अधुरा सपना र परिवर्तनको आह्वान गरिरहेको आभाष हुन्छ ।
अनि जिज्ञासा उब्जिन्छ—यी तस्बिर गृह मन्त्रालयको ढोकैमा किन ? एक छिन अडिएपछि यो प्रश्नको उत्तर भेटिन्छ । ती तस्बिर त तिनै योद्धाहरूका हुन्, जसले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा सुशासन र परिवर्तनका आह्वान गर्दा जीवन अर्पण गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)