आज विश्व बालश्रमविरुद्धको दिवस
kathmandupati.com · Fri Jun 12 05:09:18 GMT 2026

काठमाण्डु- आज विश्व बालश्रमविरुद्धको दिवस विश्वका विभिन्न देशमा मनाइँदै छ । बालश्रमको विश्वव्यापी समस्या तथा यसको अन्त्यका लागि आवश्यक प्रयासबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ यो दिवश मनाइँदै आएको छ ।
अन्तरराष्ट्रिय श्रम सङ्गठन आइएलओ को आह्वानमा सन् २००२ देखि प्रत्येक वर्ष जुन १२ मा यो दिवस मनाउन प्रारम्भ भएको हो । बालश्रम अन्त्यका लागि विगत दुई दशकमा उल्लेखनीय प्रगति भए पनि हालको गति पर्याप्त नभएको र सन् २०२५ सम्मको बालश्रम उन्मूलन गर्ने विश्वव्यापी लक्ष्य पूरा हुन नसकेको आइएलओले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)