उपसभामुखको प्रतिनिधिमण्डल’ मा अस्थायी शिक्षकदेखि जग्गा कारोबारीसम्म
ekantipur.com · Mon Jul 29 23:44:58 UTC 2024

काठमाडौँ — उपसभामुख इन्दिरा रानाले आफूसँग अमेरिका लग्न खोजेका पाँच व्यक्ति को हुन् ? राष्ट्रसंघीय संयन्त्र ‘कमिसन अन द स्टाटस अफ वुमन’ को ६७ औं सत्रमा भाग लिन जाने भनिएका उनीहरूको महिला अभियानसँगको साइनो के हो ? एउटै कार्यक्रममा भाग लिन सँगै जाने भनिएका ती व्यक्तिसँग उपसभामुखसँगको सम्बन्ध कस्तो हो ? उनीहरू उपसभामुखसम्म सामाजिक सम्बन्धले पुगेका थिए कि अन्य कुनै कारणले ?
यो प्रकरणले उठाएका यी प्रश्नहरूको जवाफ खोज्न कान्तिपुरले उनीहरूसँगै सोधखोज गरेको छ । सोधखोजको निष्कर्ष छ– उनीहरू कोही यातायात मजदुर हुन्, कोही जग्गा कारोबारी, कोही पूर्वशिक्षक हुन् त कोही पूर्वसैनिक । उनीहरू कसैको पनि महिला अधिकार अभियानसँग कुनै साइनो छैन । अझ आफू जाने भनिएको कार्यक्रमका बारेमा समेत जानकारी थिएन । उनीहरूलाई यतिमात्र भनिएको थियो, ‘भिसा लागेपछि पैसा तिर्नुपर्छ, अमेरिका जान पाइन्छ ।’ अझ, कतिपयसँग अग्रिम पैसा असुलिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)