ओमान नजिक अमेरिकी मिसाइल आक्रमणमा तीन भारतीय नाविकको मृत्यु
annapurnapost.com · Fri Jun 12 05:09:17 GMT 2026

भारत : भारतका बन्दरगाह, जलमार्ग तथा जहाजरानी मन्त्री सर्बानन्द सोनोवालले बिहीबार ओमानको खाडीमा रहेको एक तेल ट्याङ्करमाथि अमेरिकी सैन्य आक्रमणपछि बेपत्ता भएका तीन भारतीय नाविकको शव फेला परेको जानकारी दिएका छन् । यस घटनापछि भारतले अमेरिकाका उप–मिसन प्रमुखलाई तलब गरी घटनाप्रति कडा विरोध जनाएको थियो । सोनोवालले एक्समा लेखेका छन्, ‘पलाउको झण्डा बोकेको एमटी सेटेबेलो जहाजमा भएको दुःखद घटनाबारे थाहा पाउँदा अत्यन्त दुःखी भएको छु । पहिले बेपत्ता भनिएका तीन भारतीय नाविकको शव फेला परेको छ र उनीहरूको पहिचान पुष्टि गरिएको छ ।’
उनले थप लेखेका छन्, ‘यो हाम्रो लागि अपूरणीय क्षति हो । यस कठिन घडीमा मोदी सरकार शोकसन्तप्त परिवारहरूसँग दृढतापूर्वक उभिएको छ । मृतकका परिवारलाई आवश्यक सबै सहयोग प्रदान गरिने छ । साथै, उद्धार गरिएका चालक दलका सदस्यहरूको तत्काल स्वदेश फिर्ती र मृतकहरूको शव यथाशीघ्र भारत ल्याउने व्यवस्था गर्न निर्देशन दिइएको छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)
इजरायल
डोनाल्ड ट्रम्प