दौडमा विश्व र अञ्जु विजेता
ekantipur.com · Sun Sep 18 01:09:23 GMT 2022
काठमाडौँ — गणेश माविका विश्वराम कुँवर र गान्धी आदर्श माविकी अञ्जु खड्का प्रथम वैकुण्ठ मानन्धर अन्तरमावि ५ किलोमिटर दौड प्रतियोगितामा विजेता भएका छन् ।
शान्ति निकुञ्ज पूर्व विद्यार्थी संघ र वैकुण्ठ मानन्धर खेलकुद नेपालको संयुक्त आयोजनामा शनिबार भएको दौड विश्वले १७ मिनेट ३९.०९ सेकेन्डमा पूरा गरे । जनज्योति माविका अजय विक दोस्रो र अरनिको माविका सोनाम शेर्पा तेस्रो भए । अन्जुले निर्धारित दूरी २२ मिनेट १६.३६ सेकेन्डमा पूरा गरिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)