मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

‘राष्ट्रिय सुरक्षा नीति कार्यान्वयनमा’

gorkhapatraonline.com · Tue Jun 27 06:23:30 GMT 2023

काठमाडौँ, असार १२ गते । विनियोजन विधेयक २०८० को मन्त्रालयगत छलफलका क्रममा उठेका प्रश्नमा प्रतिनिधि सभामा विभागीय मन्त्रीहरूले जवाफ दिने क्रम सोमबार पनि जारी रह्यो । सोमबार विभिन्न आठ मन्त्रालयका तर्फबाट विभागीय मन्त्रीले जवाफ दिनुभएको छ । मङ्गलबार विभागीय मन्त्रीले जवाफ दिने व्रmम सक्ने तयारी छ । मङ्गलबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, अर्थ, शिक्षा, विज्ञान तथा प्रविधि, कानुन, न्याय तथा संसदीय मामिला र कृषि तथा पशुपन्छी विकास मन्त्रालयका तर्फबाट विभागीय मन्त्रीले जवाफ दिने कार्यसूची रहेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र मातहतका निकायको जवाफ त्यसपछि मात्र हुने छ ।

सोमबार रक्षा, सङ्घीय मामिला तथा सामान्य प्रशासन, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, स्वास्थ्य तथा जनसङ्ख्या, परराष्ट्र, ऊर्जा जलस्रोत तथा सिँचाइ, खानेपानी र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका तर्फबाट विभागीय मन्त्रीले जवाफ दिनुभएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)