रविन्द्र मिश्रलाई छद्मभेषी भन्दै विवेकशीलको एक हुल बालकोटतिर
janaaastha.com · Sun Jul 24 15:00:17 GMT 2022
स्थानीय चुनावमा लज्जास्पद नतिजा ल्याएपछि विवेकशील साझा पार्टीको अध्यक्षबाट राजीनामा दिएका रविन्द्र मिश्रमाथि गम्भीर आरोप लगाउँदै सो पार्टीका नेता-कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । वैकल्पिक राजनीतिका नाममा मिश्रले धोका दिएको भन्दै कर्णाली प्रदेशको आठ जिल्लाका ८६२ जना कार्यकर्ताले विवेकशील छोडेर एमालेमा मिसिएको घोषणा गरेका हुन् ।
विवेकशील साझा पार्टीका कर्णाली प्रदेश संयोजक गेहेन्द्र दाहालले पूर्वअध्यक्ष मिश्रको गलत नीति र कार्यशैलीका कारण ‘बैकल्पिक शक्ति’ निर्माणको अभियान अलपत्र परेपछि एमालेमा जानुको विकल्प नरहेको उल्लेख गरेका छन् । उनले जारी गरेको विज्ञप्तिमा मिश्रले छद्मभेषी चरित्र देखाएको र वैकल्पिक राजनीतिका नाममा लाखौँ युवा,प्रवुध्द वर्ग र पार्टीका आम सदस्यको समर्पणसहितको उच्च भावनालाई लात मारेर मिश्र राजतन्त्र स्थापना गर्न हिँडेको आरोप लगाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)