माधव समूहको निश्कर्ष : ओली एकताका लागि तयार भएनन्, अब सामुहिक राजीनामा
ratopati.com
नेकपा एमाले माधव–झलनाथ पक्षले केपी ओलीसँग गरिएको एकता प्रयासको समीक्षा गरेको छ । शनिबार राजधानीमा बसेको माधव–खनाल समूहका सांसदहरुको बैठकले केपी ओली पार्टी एकताका लागि तयार नभएको निश्कर्ष निकालेको छ ।
‘आज हाम्रो पक्षका सांसदहरुको बैठक बसेको थियो, जहाँ हामीले ओली पक्षसँग भएका वार्ता र एकताका प्रयासहरूबारे समीक्षा गर्यौं,’ माधव नेपालनिकट एक नेताले रातोपाटीसँग भने, ‘ओलीजी पार्टी एकताका लागि तयार नरहेको हाम्रो निश्कर्ष रह्यो, अब आइतबार साँझ स्थायी कमिटीको बैठक बसेर थप निर्णय गर्छौं ।’
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)