कांग्रेस बैठक सम्पन्न के–के भए निर्णय ?
farakdhar.com · Mon Sep 25 17:09:47 GMT 2023
नेपाली कांग्रेसले पार्टीको आसन्न महासमितिको तयारीका लागि विभिन्न समिति गठन गरेको छ । कांग्रेसको आज सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले सो निर्णय गरेको हो । कांग्रेसले आगामी मङ्सिर १३, १४ र १५ गते काठमाडौँमा महासमितिको बैठक आयोजना गर्ने निर्णय गरेको छ ।
बैठकले पार्टी सभापति शेरबहादुर देउवाको संयोजकत्वमा मूल आयोजक समिति गठन गर्ने निर्णय गरेको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । समितिमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य, प्रदेश कार्यसमितिका सभापति एवं काठमाडौँ उपत्यकाका तीनै जिल्लाका पार्टीका जिल्ला सभापति, भ्रातृ संस्थाका केन्द्रीय अध्यक्षहरूसमेत छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)