मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

वचन पालना गर्न प्रचण्डलाई आग्रह

ekantipur.com · Fri Feb 02 00:44:49 GMT 2024

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजा वीरेन्द्रको वंशनाश गरिएको दरबार हत्याकाण्डको छानबिन हुन्छ भनेपछि नेपाली राजनीति तरंगित छ । दरबार हत्याकाण्ड भएको २२ वर्ष नाघिसकेको छ । यस बीचमा नेपालमा पटक–पटक प्रधानमन्त्री फेरिए त राजा वीरेन्द्रको हत्याका विषयमा मौन रहे ।

तत्कालीन राजा ज्ञानेन्द्रका पालामा दरबारद्वारा गठित आयोगले दीपेन्द्रमाथि दोष थुपारेको थियो । त्यसको खण्डन हुने कार्य कुनै पनि सरकारले नगर्नुको अर्थ दीपेन्द्रमाथि लगाइएको आरोप सही मान्नुजस्तै हो । मैले ३ पल्टसम्म दीपेन्द्रसित भेट गरेको छु । मैले मनोविज्ञान पनि पढेको हुँ । त्यसअनुसार दीपेन्द्रमा हत्यारा चरित्र संकेत गर्ने कतै केही देखिँदैन ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)