नटिङघमलाई हराउँदै लिभरपुल सातौं स्थानमा
deshsanchar.com · Sat Apr 22 16:54:11 GMT 2023
मोहम्मद सलाहले गरेको गोल निर्णायक बनेपछि लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलमा नटिङघम फरेस्टलाई ३-२ ले पराजित गरेको छ। शनिबार राति लिभरपुल घरेलु मैदान एनफिल्डमा जित निकालेसँगै च्याम्पियन्स लिग छनोटको आशा कायम राख्न सफल भयो।
लिभरपुलको जितमा डिएगो जोताले दुई गोल गर्दा अर्को एक गोल मोहम्मद सलाहले गरेका थिए। फरेस्टका निको विलियम्स र मोर्गन गिब्स व्हाइटले एक-एक गोल फर्काए। पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा ४७ औं मिनेटमा जोताले गोल गर्दै लिभरपुललाई सुरुआती अग्रता दिलाएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)