मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विप्रेषणः अनुत्पादक क्षेत्रमा लगानी

rajdhanidaily.com · Wed Aug 02 23:21:45 GMT 2023

देशमा चरम बेरोजगारीका कारण लाखौंको संख्यामा युवापुस्ता विश्वबजारमा कामको खोजीमा गएका छन् र हरेक दिन जाँदै छन् । अहिले प्रायः घरपरिवारका छोराछोरी विदेश, भाइभतिजाहरू विदेश, श्रीमान वा श्रीमती विदेश छन् । नेपाली समाजमा प्रायः घरपरिवारमा कुनै न कुनै सदस्य विदेश गएको अवस्था छ । धेरैजसो घरपरिवारको खर्च पनि विदेशबाट पठाएको पैसाले चल्ने गरेको छ । विदेशबाट आएको पैसाले नुन, तेल, दाल, चामललगायतको खर्च टर्ने गरिएको छ । विदेशबाट आएको रेमिटेन्स् छोराछोरीको बोर्डिङ स्कुलको शुल्क, मोबाइल, इन्टरनेट, सरकारको तिरो, ऋणको व्याज आदि क्षेत्रमा खर्च हुने गरेको तथ्यांक छ ।

राष्ट्र बैंकको तथ्यांकअनुसार हरेक महिना अर्बौैं रुपैयाँ रेमिटेन्सबाट भित्रने गरेको छ । रेमिट्यान्सले देशको अर्थतन्त्रमा ठुलो योगदान दिएको जानकारहरू बताउँछन् । समाजमा विदेशको कमाइले कतिपय घरपरिवारले आर्थिकरूपमा गुणस्तरीय जीवनयापन गर्न सजिलोे भएको पाइन्छ । पहाडबाट तराई र काठमाडांैलगायतका सहरी क्षेत्रतिर बसाइसराइ गर्न पनि रेमिटेन्सको ठूलो भूमिका छ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)