सिन्धुलीको हरिहरपुरगढीमा माओवादीका वाइबा विजयी
ekantipur.com · Mon May 16 18:59:23 GMT 2022
सिन्धुली — गठबन्धनबाट माओवादी केन्द्रका बज्रध्वज वाइबा सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका अध्यक्षमा निर्वाचित भएका छन् । १ हजार ११३ मतको फराकिलो अन्तरमा विजयी वाइबाले ४ हजार ७२९ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका मानबहादुर वाइबाले ३ हजार ६१६ मत प्राप्त गरेका छन् ।
उपाध्यक्षमा कांग्रेसका चेखबहादुर थिङले ५ हजार ७०३ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी निर्मला ठाडामगरले आधा २ हजार ८५५मत पाइन् । ८ वटा वडा रहेको हरिहरपुरगढी गाउँपालिकामा वडा नं १मा एमाले वडा नं २ मा कांग्रेसले वडाध्यक्षसहित प्यानल जित हात पारेको छ भने बाँकी ३ देखि ८ सम्मका ६ वटा वडाहरुमा माओवादी केन्द्रले अध्यक्ष सहितको प्यानलै विजयी हासिल गरेको छ । ०७४ को निर्वाचमा माओवादी अध्यक्ष, उपाध्यक्षसहित बहुमत वडामा विजयी भएको थियो । त्यतिखेर एमालेले २ वडा र कांग्रेसले एक वडामा जित हात पारेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)