त्रिभुवन आर्मी बराबरीमा रोकिंदा एनआरटीको पहिलो जित
deshsanchar.com · Sun Apr 09 15:21:34 GMT 2023
काठमाडौं- सहिद स्मारक ए डिभिजन लिग फुटबलमा त्रिभुवन आर्मी क्लब तेस्रो पटक बराबरीमा रोकिएको छ। सातौं चरणमा त्रिभुवन आर्मी क्लब सातदोबाटो युथ क्लबसँग ३-३ गोलको बराबरीमा रोकिएको हो। त्यस्तै अर्को खेलमा एनआरटीले हिमालयन शेर्पालाई २-१ ले पराजित गर्दै लिगमा पहिलो जित निकाल्यो।
दशरथ रङ्गशालामा भएको खेलमा आर्मीले तीनपटक अग्रता जोगाउन सकेन। आर्मीका लागि जिलेस्पी जंग कार्कीले दुई गोल गर्दा अर्को एक गोल दिपक गुरुङले गरेका थिए। चौंथो मिनेटमा जिलेस्पीको गोलमार्फत आर्मीले अग्रता लिएको थियो। २५ औ मिनेटमा आर्मीका सुरज बस्नेतको आत्माघाती गोलमा सातदोबाटोले बराबरी गर्दा ३९ औ मिनेटमा जिलेस्पीले टिमका लागि तेस्रो गोल गर्दै पहिलो हाफमा २-१ को अग्रता दिलाए।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)