शतकबाट चुके गिल, पञ्जाबमाथि गुजरातको जित
pahilopost.com · Fri Apr 08 18:07:28 GMT 2022
इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज सम्पन्न खेलमा गुजरात टाइटन्सले पञ्जाब किंग्समाथि जित निकालेको छ। मुम्बइस्थित ब्रबोर्न स्टेडियममा सम्पन्न खेलमा गुजरातले पञ्जाबमाथि ६ विकेटको जित निकालेको हो।
टस हारेर ब्याटिङमा उत्रिएको पञ्जाबले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १८९ रन बनाएको थियो। पञ्जाबका लागि लिआम लिभिङस्टोनले अर्धशतकीय पारी खेल्दै सर्वाधिक ६४ रन बनाउँदा शिखर धवनले ३५ तथा जितेश शर्माले २३ रन बनाए। त्यस्तै राहुल चहरले अविजित २२ रन बनाउँदा शाहरुख खानले १५ रन जोडे।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)