मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

ब्राजिलमा आँधीका कारण ५ जनाको मृत्यु, १३० घाइते

barnanmedia.com · Sat Nov 08 19:15:02 GMT 2025

दक्षिणी ब्राजिलकका विभिन्न भागहरूमा शुक्रबार आएको आँधीका कारण कम्तीमा पाँच जनाको ज्यान जानुका साथै १३० जना घाइते भएको अधिकारीहरूले शनिवार बताएका छन् ।

आँधीको कारण पाराना राज्यको रियो बोनिटो डो इगुआकु नगरपालिकाको कार पल्टिएको तथा घरहरू क्षतिग्रस्त भएको स्थानीय मौसम सेवाले जनाएको छ । आँधीका कारण पराना राज्यको विभिन्न स्थान पभावित भएको उल्लेख गर्दै सिभिल डिफेन्सले विज्ञप्ति जारी गरेको एएफपीले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)