मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

खाद्य व्यवस्था तथा व्यापार कम्पनीको प्रमुख कार्यकारी अधिकृतका लागि दरखास्त आह्वान

ratopati.com · Fri Jun 12 05:35:31 GMT 2026

काठमाडौँ । सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि दरखास्त आह्वान गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको सिफारिस समितिले खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा पदपूर्तिका लागि योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट आवेदन माग गरेको हो ।

मन्त्रालयले प्रकाशित गरेको सूचना अनुसार, योग्यता पुगेका उम्मेदवारहरूले सूचना प्रकाशित भएको मिति (२०८३–०२–२९) ले २१ दिनभित्र सिंहदरबारस्थित उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सरकारी उद्योग तथा संस्थान शाखामा आवेदन दिन सक्नेछन् ।

यस पदका लागि आवेदन दिन उम्मेदवारको उमेर ३५ वर्ष पुरा भई ६५ वर्ष ननाघेको हुनुपर्नेछ। शैक्षिक योग्यताको हकमा मान्यता प्राप्त विश्वविद्यालयबाट प्रशासन, व्यवस्थापन, अर्थशास्त्र, इन्जिनियरिङ वा कानुनमा कम्तीमा स्नातकोत्तर उत्तीर्ण गरेको हुनुपर्ने प्रावधान राखिएको छ । साथै, कुनै संस्था वा निकायको व्यवस्थापकीय जिम्मेवारीमा कम्तीमा ५ वर्षको कार्य अनुभव हुनुपर्नेछ ।

आवेदकले दरखास्तका साथ खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड सञ्चालनका लागि बढीमा ५ हजार शब्दको व्यावसायिक कार्य योजना पेस गर्नुपर्नेछ ।

उक्त कार्ययोजना नेपाली वा अङ्ग्रेजी भाषामा टाइप गरिएको हुनुपर्नेछ । छनोट सूचीमा परेका उम्मेदवारहरूले आफ्नो कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्तामा सहभागी हुनुपर्ने सूचनामा उल्लेख छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)