मुख्य सामग्रीमा जानुहोस्

समाचार

Religion

कोजाग्रत पूर्णिमा, मान्यजनबाट आज पनि टीका लगाइँदै

newsofnepal.com · Sat Oct 28 01:22:27 GMT 2023

काठमाडौं । बडादसैंको टीकाको अन्तिम दिन आज कोजाग्रत पूर्णिमा । मान्यजनको हातबाट टीका र जमरा लगाउन नभ्याएकाहरुले आज पनि टीका लगाउँदै छन् ।

विजयादशमीका दिन टीका लगाउन नभ्याएकाहरुले कोजाग्रत पूर्णिमाको दिनसम्म मान्यजनबाट टीका र आशीर्वाद थाप्ने चलन छ । नौ दिनसम्म पूजा आराधना गरी विजया दशमीको दिन देवी विसर्जन गरेपछि टीका र जमरा लगाउन सुरु हुन्छ । पञ्चाङ निर्णायक समितिले कोजाग्रत पूर्णिमाका दिनसम्म नवदुर्गाको प्रसाद लगाउन शास्त्रीय रुपमा कुनै बाधा नरहने जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)