१८औं संस्करणको खाना महोत्सव माघ २८ देखि सौराहामा
nepallive.com · Sun Feb 04 00:58:16 GMT 2024
भरतपुर– चितवनको पर्यटकीय नगरी सौराहामा खाना महोत्सव हुने भएको छ। ‘भ्यालेन्टाइन डे’ अर्थात् प्रणय दिवसको अवसर पारेर रेष्टुरेण्ट एण्ड बार एशोसिएसन नेपाल (रेवान) सौराहा चितवनको आयोजनामा यही माघ २८ देखि आगामी फागुन ३ गतेसम्म १८औं संस्करणको महोत्सव हुन लागेको हो।
आन्तरिक तथा बाह्य पर्यटक प्रवर्द्धन गर्ने उद्देश्यका साथ खाना, सङ्गीत र संस्कृतिलाई सँगसँगै अगाडि बढाएर महोत्सब गर्न लागिएको शनिबार पत्रकार सम्मेलनमार्फत् जानकारी दिइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)