भेरी अस्पतालमा बन्द सिटी स्क्यान सेवा सञ्चालन गरिने
gorkhapatraonline.com · Fri Jun 12 05:40:21 GMT 2026

नेपालगन्जस्थित पश्चिम क्षेत्रकै प्रमुख सरकारी अस्पताल भेरी अस्पतालमा बन्द रहेका विभिन्न सेवाहरू पुनः सञ्चालन गर्ने र अपुग जनशक्ति व्यवस्थापन, उपकरण थप तथा पूर्वाधार सुदृढीकरणलाई विशेष प्राथमिकतामा राखिएको अस्पताल प्रशासनले जनाएको छ।
भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) डा. नवीन दर्नालका अनुसार विगतमा विभिन्न कारणले बन्द रहेका सेवाहरू पुनः पूर्ण रूपमा सञ्चालन गर्ने तथा नयाँ सेवा थप्दै अस्पताललाई क्षेत्रीय स्तरको सुविधासम्पन्न स्वास्थ्य संस्थाका रूपमा विकास गर्ने लक्ष्यका साथ योजनाबद्ध रूपमा काम अघि बढाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)
भेरी अस्पताल