समस्याग्रस्त दुई सहकारीका १३२ ऋणीको नाम सार्वजनिक
corporatenepal.com · Fri Jun 12 05:36:14 GMT 2026

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित हाम्रो नयाँ कृषि र कृषि विकास बहुउदेश्यीय सहकारी संस्था लिमिटेडका १३२ ऋणीको नामावली सार्वजनिक गरेको छ । तीमध्ये हाम्रो नयाँ कृषि सहकारीको १२ र कृषि विकास बहुउदेश्यीय सहकारीका १२० ऋणी छन् ।
समितिले गत वैशाख २३ गतेको निर्णयअनुसार उक्त नामावली सार्वजनिक गरेको जनाएको छ । समितिले उपलब्ध ऋण विवरणका आधारमा नामावली सार्वजनिक गरिएको जनाएको छ । यस क्रममा साविकमा ऋण चुक्ता गरिसकेका तर नामावलीमा नाम समावेश भएका व्यक्तिलाई प्रमाणसहित उपस्थित हुनसमेत आग्रह गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)