मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

तिहारमा १४ किलो सुनको ३१ सय असर्फी बिक्री

ekantipur.com · Fri Nov 05 01:22:18 GMT 2021

काठमाडौँ — यस वर्षको तिहारको अवसरमा राष्ट्र बैंकले विभिन्न दरका गरी ३ हजार १ सय थान सुनका सिक्का (असर्फी) बिक्री गरेको छ । १० ग्रामका असर्फी ५ सय थान, ५ ग्रामका १ हजार थान र २.५ ग्रामका १ हजार ६ सय थान गरी ३१ हजार थान असर्फी बिक्री भएको राष्ट्र बैंक टक्सार विभाग प्रमुख विनोद आचार्यले जानकारी दिए ।

तिहारका लागि राष्ट्र बैंकले गत सोमबार र मंगलबार सुन तथा चाँदीका सिक्काको बिक्री खुला गरेको थियो । दुई दिनमा उल्लिखित संख्यामा सिक्का बिक्री गरेको राष्ट्र बैंकले जनाएको छ । यस वर्षका लागि प्रतिव्यक्ति साढे २ ग्राम, ५ ग्राम र १० ग्राममा एक/एक थानका दरले राष्ट्र बैंकले असर्फी बिक्री गरेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)