मुख्य नेताका अभिव्यक्तिले एकतामा असर नपुगोस्: एमाले नेताहरु
deshsanchar.com · Mon Aug 02 16:58:02 GMT 2021
काठमाडौँ- नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपालसहित नेकपा (एमाले)का माधव पक्षीय स्थायी कमिटी सदस्यहरुबीच पार्टी एकताका लागि भइरहेका प्रयासहरुबारे सोमबार छलफल भएको छ। छलफलका क्रममा स्थायी कमिटी सदस्यहरूले जिम्मेवार व्यक्तिहरूले सार्वजनिक अभिव्यक्ति दिने क्रममा शव्द चयन गर्दा मर्यादा र शिष्टाचारमा ध्यान दिनुपर्ने कुरामा जोड दिँदै मुख्य नेताका अभिव्यक्तिले पार्टी एकता प्रकृयामा आँच नपुगोस् भन्नेतर्फ सम्वद्ध पक्षले ध्यान दिनुपर्ने राय व्यक्त गरे।
छलफलमा एकता प्रयास कसरी अघि बढिरहेको छ भन्नेबारे कार्यदलमा रहेका सदस्यहरु र वार्ता प्रकृयामा सहभागी सदस्यहरुले जानकारी गराएको स्थायी समिति सदस्य रघुजी पन्तले जानकारी गराएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)