मिर्चैया नगरपालिकामा तोडफोड
ratopati.com · Sun Feb 11 17:04:00 GMT 2024
गोलबजार । सिरहाको मिर्चैया नगरपालिका आज मध्याह्न १२ बजेतिर केही उच्छृङ्खल व्यक्तिबाट कार्यालयमा तोडफोड भएको छ । नगर प्रमुख श्रवण यादवले घटनाको घोर भत्र्सना गर्दै कारबाहीका लागि स्थानीय प्रशासनसमक्ष माग गरेका छन् ।
“मिर्चैया नगरपालिका–३ का वडाध्यक्ष पवित्रीदेवी यादवको पति खगेश्वर गोहीवार यादवसहित करिब ३०–४० जनाको समूहमा आएको उच्छृङ्खल व्यक्तिले अन्धाधुन्ध ढुङ्गामुढा गर्न थालेपछि यस कार्यालयको झ्याल, ढोका, सिसीटिभी क्यामेरा, कम्प्युटर, मोटरसाइकललगायत महत्वपूर्ण सामग्री नष्ट भएको छ,” नगरपालिकाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)