मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

खपत बढाउनका लागि उत्पादनमूलक उद्योगको आवश्यक छ : अध्यक्ष पाण्डे

ratopati.com · Fri Jun 12 05:48:09 GMT 2026

काठमाडौँ । नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले खपत बढाउनका लागि उत्पादनमूलक उद्योगको आवश्यक रहेको बताएका छन् । शुक्रबार इप्पानको २४औँ साधारणसभा तथा ८औँ अधिवेशनमा स्वागत मन्तव्य दिँदै उनले यस्तो बताएका हुन्।

‘आगामी १० वर्षमा ३० हजार मेगावाट उत्पादनको लक्ष्य लिएको छ। खपत बढाउन उत्पादनमूलक उद्योगको आवश्यकता छ,’ उनले भने

विद्युत व्यापार र प्रसारण लाइन निर्माणमा निजी क्षेत्रलाई खुला गर्ने विषय स्वागत योग्य रहेको पनि पाण्डेले बताए। यस्तै बजेटमा आएको नेपाल विद्युत् प्राधिकरणको पुनर्संरचना गर्न ढिला गर्नु नहुने बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)

सम्बन्धित विषय