मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चरीबाघको बच्चाको उद्धार

gorkhapatraonline.com · Fri Jun 12 05:45:12 GMT 2026

तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौताराबाट एक दुर्लभ चरीबाघ (लियोपार्ड क्याट) को बच्चाको उद्धार गरिएको छ । जंगलमा माउबाट छुटिएर स्थानीयको बारीमा आइपुगेको उक्त बच्चालाई स्थानीय बासिन्दाले देखेपछि डिभिजन वन कार्यालय तनहुँलाई खबर गरेका थिए ।

स्थानीयको सूचनाका आधारमा वन कार्यालयको टोलीले सो चरीबाघको बच्चालाई एक साताअघि नै उद्धार गरी कार्यालयमा ल्याएर संरक्षण गरिरहेको छ । संरक्षित वन्यजन्तुको सूचीमा पर्ने चरीबाघको उक्त बच्चा निकै सानो छ । डिभिजन वन कार्यालय तनहुँका प्रमुख मनोज रानाभाटले उद्धार गरिएको बच्चा एक महिनाभन्दा कम उमेरको भएकाले तत्काल वनमा छाड्न नसकिएको जानकारी दिनुभयो । अहिले नै प्राकृतिक बासस्थानमा छाड्दा आफैँ सिकार गरेर खान नसक्ने र मर्ने जोखिम भएकोले उद्धार गरिएको हो । डिभिजन प्रमुख रानाभाटले भन्नुभयो, “त्यसैले अहिले वन कार्यालयमै मासु खुवाएर यसको हेरचाह गरिरहेका छौँ ।”

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)