मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आगलागीपीडित थापामगर परिवारलाई आवास र राहत

barnanmedia.com · Tue May 19 10:09:33 GMT 2026

यहाँको लहान नगरपालिका–१५ लाग्राहमा गत वैशाख ३० गते विद्युत् सर्ट भएर भएको आगलागीमा घर पूर्ण रूपमा नष्ट भएका मदन थापामगरको परिवारलाई लहान नगरपालिकाले राहत तथा अस्थायी आवासको व्यवस्था गरेको छ ।

नगर प्रहरी र वडा कार्यालयको सक्रियतामा पीडितपरिवारका लागि आज अस्थायी टेन्टहाउस निर्माण गरिएको हो । आगलागीपछि बिचल्लीमा परेको परिवारलाई सोमबार नै लहान नगरपालिकाले खाद्यान्नसहित राहत सामग्री वितरण गरेको जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)